9855011968 |  csioparsa@gmail.com |  Nepali  

घरेलु तथा साना उद्योग कार्यालय, पर्सा वेबसाईटमा तपाईंलाई हार्दिक स्वागत !!!


कुनै पनि व्यवसाय सुरु गर्नु अघि उद्यमीहरूले आफ्नो कम्पनी दर्ता गर्न पर्ने हुन्छ। उद्यमीहरूले आफ्नो व्यवसायको आवश्यकता र प्रकृति हेरी कुन प्रकारमा आफ्नो व्यवसाय दर्ता गर्ने निर्णय गर्नु पर्ने हुन्छ।  नेपालमा स्वामित्वको आधारमा तीन प्रकारका व्यवसायहरू छन् , ती हुन्: एकल स्वामित्व, साझेदारी व्यवसाय र कम्पनी(पब्लिक कम्पनी र प्राइभेट कम्पनी)।यी व्यवसायहरुको दर्ता प्रक्रिया  र आवश्यक शुल्क तल विवरणहरु मा वर्णन गरिएको छ।

readmore..

एकल स्वामित्वमा एक व्यक्तिले पुरै व्यवसायको स्वामित्व गर्दछ। अरु भन्दा सस्तो र  सजिलै  नै संचालनमा हुन सकिने यस प्रकारको व्यवसायले  छुटै कर विवरण फाइल गर्नु पर्दैन, यस प्रकृतिको फर्ममा नाफा वा घाटा प्रबर्द्धकको व्यक्तिगत कर विवरणमा नै उल्लेख गर्न सकिन्छ  ।

एकल व्यवसायमा यस्ता  विशेषताहरू छन्:

  • व्यवसायको मालिक व्यवसायको सबै ऋणको लागि उत्तरदायी हुनेछ। यदि व्यवसायले आफ्नो आपूर्तिकर्ताहरूलाई ऋण चूक्ता गर्न सकेन भने मालिक व्यक्तिगत रूपमा उत्तरदायी हुनेछ।यसलाई असिमित दायित्व भनिन्छ |
  • एकल स्वामित्वसँग वित्तपोषणको लागि सीमित विकल्पहरू मात्र हुन्छ। प्राय:जसो, यस्तो व्यवसायमा कर्जा नै चालुपुंजीको मुख्य स्रोत हुन्छ किनभने व्यवसायी सँग बेच्नलाई धितोपत्र/ शेयर सदस्यता हुँदैन। यदि अरु कसैले व्यवसायमा पुंजी जम्मा गरिदिन्छ र व्यवसायको प्रबन्धनमा मद्धत गर्छ भने त्यसलाई साझेदारी व्यवसाय भनिन्छ। तसर्थ, पुंजी धेरै नचाहिने स-साना व्यवसायीहरुको लागि एकल स्वामित्व नै उत्तम हुन्छ।

प्राइभेट फर्मको दर्ता गर्नेप्रक्रिया निम्न बमोजिम  छन्।

प्राइभेट फर्म रजिस्ट्रेसन एन २०१४ को दफा  ३ अनुसार, एकल व्यवसायले वाणिज्य सम्बन्धित व्यवसायलाई वाणिज्य मा, स-साना उद्योग सम्बन्धित व्यवसायलाई घरेलु तथा साना उद्योग मा र अरु व्यवसायलाई उद्योग मा दर्ता गर्नुपर्दछ।

यस्तो व्यवसाय दर्ता गर्न चाहने व्यवसायीले सम्बन्धित मा  तोकिएको  कानुनी ढाँचामा आवेदनसहित निर्धारित शुल्क बुझाउनु पर्छ।

सो आवेदनमा निम्न बमोजिम  विवरणहरु उल्लेख हुनु पर्दछ :

  • प्राइभेट फर्मको नाम
  • फर्मको ठेगाना
  • फर्मको उदेश्य, कार्य र फर्मको व्यवसाय प्रयोजनका लागि प्रयोग हुने  सामान वा वस्तुको विवरण
  • व्यवसायीको नाम र ठेगाना, र व्यवसायीको आमा, बुबा, हजुरआमा र हजुरबुबाको नाम

साझेदारी फर्मको पुंजीआधारमा  दर्ता शुल्क यस प्रकार  छन् :

अधिकृत पुंजी (रु) दर्ता शुल्क (रु)
१,००,००० सम्मको अधिकृत पुंजी ६००
१,००,००१ – ३,००,००० २,०००
३,००,००१ – ५,००,००० ४,०००
५,००,००१ – १०,००,००० ७,५००
१०,००,००१ – ५०,००,००० १०,०००
५०,००,००० भन्दा माथि १५,०००

साझेदारी फर्मको दर्ता तथा नविकरण दस्तुरहरु

कुल पूजी लगानी रजिष्ट्रेशन दस्तुर नविकरण दस्तुर
१ लाख सम्म पूँजीमा ६००/- १००/-
३ लाख सम्म पूँजीमा २०००/- १२५/-
५ लाख सम्म पूँजीमा ४०००/- १५०/-
१० लाख सम्म पूँजीमा ७५००/- २००/-
५० लाख सम्म पूँजीमा १००००/- २५०/-
५० लाख भन्दा माथि १५०००/- ३००/-

प्राईभेट फर्म रजिष्ट्रेशन तथा नविकरण दस्‍तुर


कुल पूजी रकम रजिष्ट्रेशन दस्तुर नविकरण दस्तुर
१ लाख सम्म पूँजीमा १०००/- ६००/-
३ लाख सम्म पूँजीमा ३०००/- १०००/-
५ लाख सम्म पूँजीमा ६०००/- १६००/-
२० लाख सम्म पूँजीमा १२०००/- ३०००/-
१ करोड सम्म पूँजीमा २००००/- ५०००/-
५ करोड सम्म पूँजीमा ३००००/- ८०००/-
५ करोड भन्दा माथि ५००००/- १५०००/-

नोटः


क) उद्योग दर्ताको निबेदन फारम (ख) को दस्तुर रु १०० लाग्नेछ ।

ख) साझेदारी फर्मको नविकरण समयावधी एक वर्षको हुनेछ ।

ग)२०७०/०४/०१ देखि प्राईभेट फर्म दुई वर्षको नविकरण समयावधि तोकिएको छ । दुई वर्ष समाप्त भएको मितिले ३५ दिन भित्र न्यनतम दस्तुर मात्र लाग्नेछ । ३५ दिन नाघेको ३ महिना भित्र दोब्बर दस्तुर र उक्त दुबै समय नाघेको अर्को तीन महिना सम्म तेब्बर दस्तुर  तिरेर नविकरण गराउन सकिनेछ ।साझेदारी-ऐन-२०२०

slider

All Rights Reserved.